माबिलुङ्ग इनर्जीको आईपीओ निष्कासन, ५० हजार कित्तासम्म आवेदन दिन सकिने

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले साधारण शेयर (आईपीओ) सोमबारदेखि निष्कासन गरिएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट भइसकेको छ ।

कम्पनीले जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमा ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि, १ लाख ५० हजार ४७१ कित्ता विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि र १३ करोड ५४ लाख २३ हजार ५०० रुपैयाँ बराबरको १३ लाख ५४ हजार २३५ कित्ता आईपीओ सर्वसाधारणका लागि छुटाइएको थियो ।

सर्वसाधारणका लागि निष्कासन गरिएको शेयरमध्ये ३० हजार ९५ कित्ता शेयर कर्मचारीहरूका लागि, ७५ हजार २३६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी  १२ लाख ४८ हजार ९०४ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुटाइएको छ । जसमा इच्छुक लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

यस कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। आईपीओ साउन २९ गतेसम्म निष्काशनमा रहनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *