काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले अस्ट्रेलियाको डार्विनमा हुने टप एण्ड टी-२० सिरिज खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ ।
क्यानले आइतबार एक कार्यक्रम गर्दै टप एण्ड टी-२० सिरिज खेल्ने टोलीको बिदाइ गरेको हो । टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ । उक्त सिरिज अगष्ट १४ देखि २४ सम्म डार्विनमा हुनेछ ।
सिरिजमा पाकिस्तान र बंगलादेशका ए टिमसहित विभिन्न टोलीसको सहभागिता छ । नेपालले लिग चरणमा ६ खेल खेल्नेछ । यसलाई अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा हेरिएको छ ।
नेपाली टीम
रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, आरिफ शेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र शाहव आलम


Leave a Reply