कैलाली । कैलाली कारागारमा सशस्त्र प्रहरी नेपाल प्रहरी र मानव अधिकार आयोगको टोलीले कैदीबन्दीको गणना गरेको छ । ७०० कैदीमध्ये ब्लक ए मा ३९६, बी मा १९८ र महिला ५६ रहेका गणनाले देखाएकाे छ ।
७०० मध्ये १ जनाको मृत्यु भएको थियो भने ४९ घाइते छन् ।
शुक्रबारको कुटपिट पछि कैदीबन्दीले घटनास्थल नियन्त्रणमा लिएका थिए । ४० घण्टापछि प्रहरी पसेर अवस्था निरीक्षण गरेको हो ।
हाल जेलकाे अवस्था सामान्य रहेको मानवअधिकार आयोग प्रमुख प्रकाश भट्टले बताए ।

Leave a Reply