प्रधानमन्त्री स्वदेश फर्केको भोलिपल्टै बालुवाटारमा कांग्रेस-एमालेको उच्चस्तरीय बैठक

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानबाट फर्किएको भोलिपल्टै बालुवाटारमा सत्तारुढ दुई दल कांग्रेसबीच उच्चस्तरीय बैठक बसेको छ । कांग्रेस सभापति शेरबहादुर देउवासहितको टोलीसँग ओलीले अनौपचारिक छलफल गरेका हुन् ।

आजको भेटमा प्रधानमन्त्रीले गरेको विदेश भ्रमणको समिक्षा गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामशरण बगजाईंले जानकारी दिए । भेटघाटका अन्य राजनीतिक विषयवस्तु नरहेको उनको भनाइ छ ।

देउवाका साथमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा र कांग्रेस नेता पूर्णबहादुर खड्का समेत थिए । यस्तै ओलीसँग अर्थमन्त्री बिष्णु पौडेल र प्रमुख सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *