काठमाडौं । नासा सेक्युरिटीज नेपाली राष्ट्रिय क्रिकेट टीमको जर्सी प्रायोजन गरेको छ ।
नेपाल क्रीकेट संघ क्यान र नासा सेक्युरिटीजबिच जर्सी प्रायोजन गर्ने सम्झौता भएको हो । सम्झौतामा क्यानमा अध्यक्ष चतुरबहादुर चन्द र सेक्युरिटीजका म्यानेजिङ डाइरेक्टर मदन पौडेलले हस्तान्तरण गरे ।
जर्सी प्रायोजनको टेन्डरमा न्यूनतम मूल्य २ करोड रुपैयाँ तोकिएको थियो। विभिन्न टिमले टेन्डर प्रक्रियामा सहभागी हुँदा सेक्युरिटीजले हात पारेको हो । सेक्युरिटीजको नामसहित जर्सी सार्वजनिक गरिएको छ ।
सम्झौताअनुसार सेक्युरिटीजले क्यानलाई वार्षिक २ कराेड ३६ हजार दिने सचिव पारस खड्काले जानकारी दिए । ३ वर्षका लागि सेक्युरिटीजसंग सम्झौता भएको हो ।

Leave a Reply