कैलाली जेलमा एपीएफ पनि खटाइयो, मानव अधिकारकर्मीको रोहबरमा कैदी गन्ती गर्ने तयारी

कैलाली । कैलाली कारागारमा रहेका कैदीबन्दीको संख्या यकिन गर्न गणनाको तयारी गरिएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी हतियार लिएर घटनास्थल छिरेका छन् । मानव अधिकार आयोगको टोली पनि सँगै रहेको छ ।

कारागारमा हिंसात्मक झडप भएपछि शुक्रबार राति एक जनाको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका छन् ।

मानवधिकार सुदूरपश्चिमको टोलीसहित ४० घन्टापछि सुरक्षा निकाय कैदीबन्दी रहेको स्थानमा पुगेको हो ।

घटना भएको ३६ घण्टा बित्दासमेत स्थानीय प्रशासनले स्थिति साम्य गर्न सकेको छैन । घटनास्थलसम्म अहिलेसम्म प्रहरी पुग्न सकेको थिएन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *