झलनाथ भेट्न डल्लु पुगे नारायणकाजी

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेकपा एसका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल भेट्न पुगेका छन् ।

डल्लुस्थित खनाल निवासमा अहिले दुई नेताबीच भेट भइरहेको छ ।

दुई नेताबीच नेपालको वर्तमान राजनीतिक परिस्थिति र पार्टी एकताको औचित्य र सम्भावलगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

श्रेष्ठले पछिल्लो समय राजनीतिक भेटघाटको दौडधुप बढाएका छन् । यसअघि उनले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई भेटेका थिए । शुक्रबारमात्र नेकपा एसका महासचिव घनश्याम भुसालसँग छलफल गरेका थिए ।

Comments

One response to “झलनाथ भेट्न डल्लु पुगे नारायणकाजी”

  1. ksp pyl Avatar
    ksp pyl

    प्रचण्डले बाल मतलव दिंदा रहेनछन् । घर घर डुलेका छन् साथि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *