बझाङ । बझाङको साईपाल गाउँपालिका–२, राईढुङ्गे लेकमा जडीबुटी संकलनका क्रममा विवाद हुँदा एक युवकको ढुङ्गा प्रहार गरी हत्या गरिएको छ।
गत साउन २३ गते साँझ करिब ६ः३० बजे जाजरकोट भेरी नगरपालिका–६, गंगातिया निवासी करिब २३् २४ वर्षका महेन्द्रराज भण्डारीलाई सोही ठाउँका
करिब २१–२२ वर्षका चन्द्र घर्तीले ढुङ्गाले टाउकोमा प्रहार गरेका थिए। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
घटनापछि जडीबुटी सङ्कलनमा रहेका अन्य व्यक्तिहरूले घर्तीलाई नियन्त्रणमा लिएका छन्।
प्रहरीले जडीबुटी (हातेजडी, कटुकी आदि)टिप्ने क्रममा विवाद भएको बताइएको छ। घटना बारे जानकारी पाएपछि लासी प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक पदम सिंह बडालको नेतृत्वमा ३ जना, अस्थायी प्रहरी पोस्ट धलौनबाट प्रहरी सहायक निरीक्षक नवकुल बहादुर सिंहको नेतृत्वमा ३ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
घटनास्थल लासी प्रहरी चौकीबाट करिब ८ घण्टा पैदल उत्तरतर्फ र जिल्ला प्रहरी कार्यालय बझाङबाट करिब दुई दिनको पैदल दुरीमा पर्छ ।

Leave a Reply