देव खनाल १५ लाखमा चितवन राइनोजमा अनुबन्धित

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सनबाट देव खनाल  चितवन राइनोजमा अनुबन्ध भएका छन् ।

खनाललाई  १५ लाखमा गोलाप्रर्थाबाट चितवनले  अनुबन्धित गरेकाे हाे ।

उनलाई अधिकतम मुल्यमा लुम्बिनी लायन्स र चितवन राइनोजले किन्ने इच्छा व्यक्त गरेपछि गोलाप्रथा गरिएको थियो ।

गोलाप्रथाबाट उनी चितवनमा अनुबन्ध भएका हुन् । पहिलो सिजनमा देव कर्णाली याक्सबाट खेलेका थिए ।

दोस्रो सिजनका लागि कर्णालीले देवलाई रिलिज गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *