काठमाडौं । वायु प्रदूषणका चुनौतीहरू दिनदिनै गम्भीर बन्दै गइरहेको नेपाली सन्दर्भमा, विश्वस्तरीय होम एप्लायन्स ब्रान्ड माइडिया (Midea) ले दुई अत्याधुनिक Air Purifier — KJ500G-F11 र KJ400G-Z1 Pro — नेपाली बजारमा सार्वजनिक गरेको छ। यी मोडेलहरू स्वचालित प्रविधि र उच्च प्रभावकारी शुद्धिकरण क्षमतासहित नेपालका घर, अफिस र व्यवसायिक स्थानहरूका लागि आदर्श समाधान हुन्।
नेपालव्यापी वायु प्रदूषण समाधान
नेपालका विभिन्न भौगोलिक र मौसमीय अवस्थालाई लक्षित गर्दै यी मोडेलहरू विशेष प्रविधिसहित तयार गरिएको छ:
- तराई: आर्द्रताजनित फफूंदी, धुलो र पराग हटाउने क्षमता।
- पहाड: जाडो मौसमको कुहिरो र घरायसी धुवाँ (मौला, उइँठो) शुद्ध गर्ने।
- शहर: सवारी साधन र निर्माण कार्यबाट उत्पन्न विषालु कण (PM2.5) नियन्त्रण।
उत्पादन विशेषताहरू
KJ500G-F11 (ठूला क्षेत्रका लागि):
- Clean Air Delivery Rate (CADR): 450m³/hr
- कभरेज क्षमता: ६६ m² सम्म
- AI मोड (स्वचालित प्रदर्शन नियन्त्रण): यस यन्त्रमा रहेको स्मार्ट सेन्सिङ प्रणालीले वरपरको प्रदूषण स्तरको मूल्याङ्कन गरी स्वतः आफ्नो कार्यक्षमता समायोजन गर्छ। आवश्यक हावा गुणस्तर प्राप्त भएपछि, उपकरण ऊर्जा बचत र फिल्टरको दीर्घायु सुनिश्चित गर्दै सन्तुलित मोड मा चल्ने गर्छ।
- H13 HEPA फिल्टर: PM 2.5, पराग, धुलो लगायत सूक्ष्म कणहरू हटाउने उच्च-स्तरीय फिल्टर।
- Plasma Sterilization प्रविधि: हानिकारक ब्याक्टेरिया र भाइरस नष्ट गर्ने उन्नत प्रणाली।
KJ400G-Z1 Pro (सानो क्षेत्रका लागि)
- Clean Air Delivery Rate (CADR): 380m³/hr
- कभरेज क्षमता: ५५ m² सम्म
- H13 HEPA फिल्टर: घर तथा अफिस प्रयोगका लागि उच्च दक्षता भएको शुद्धिकरण प्रणाली।
- Ion Filtration Function: नकारात्मक आयनको प्रयोगमार्फत हावा शुद्ध पार्दै धुलो, गन्ध, र सूक्ष्म प्रदूषकहरू हटाउने क्षमता।
CG इलेक्ट्रोनिक्स नेपालकै अग्रणी इलेक्ट्रोनिक्स कम्पनी हो, जसले विश्वस्तरीय ब्रान्ड र नवीनतम प्रविधिहरू नेपाली ग्राहकसम्म पुर्याउने उद्देश्य राखेको छ। कम्पनीले गृह उपकरण, उपभोक्ता इलेक्ट्रोनिक्समा काम गर्दै आएको छ। ४ दशकभन्दा लामो अनुभवसहित, CG इलेक्ट्रोनिक्सले विश्वसनीयता, गुणस्तर र उत्कृष्ट ग्राहक सेवामा आफ्नो नाम बनाएको छ।

Leave a Reply