टेलिकमले गोसाइँकुण्डमा ल्यायो टूजी बीटीएस

काठमाडौं । नेपाल टेलिकमले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा रसुवा जिल्लाको चन्दनबारीमा  2G BTS सञ्चालनमा ल्याएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित समुद्री सतहबाट करिब २ हजार ३०० मिटरको उचाइमा रहेको सो स्थानमा सेवा सञ्चालन गरेको हो ।

नेपाल टेलिकमले धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा परिचित गोसाइँकुण्ड जाने तिर्थालु तथा पदयात्रीहरुको सुविधालाई विशेष ध्यानमा राखेर धुन्चेदेखि गोसाइँकुण्ड जाने पदमार्गमा पर्ने चन्दनबारीमा 2G BTS सञ्चालनमा ल्याएकोे हो । गोसाइँकुण्ड जाने दर्शनार्थी तथा पर्यटकले धुन्चेदेखि देउराली, चन्दनबारी, लौरीविनायक र ४ हजार २०० मिटरमा अवस्थित गोसाइँकुण्डसम्म नेपाल टेलिकमको मोबाइल नेटवर्कको पहुँच पुगेको छ । साथै नेपाल टेलिकमले उच्च हिमाली क्षेत्रमा पुग्ने सेवाग्राहीहरुको सुविधाका लागि द्धन् नेटवर्क समेत विस्तार गर्ने योजना समेत गरेको छ ।

प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा परिचित गोसाइँकुण्डमा प्रत्येक वर्ष जनैपूर्णिमामा मेला लाग्ने गर्दछ । सो क्षेत्रमा सेवा सञ्चालन आए पश्चात दर्शनार्थी तथा पर्यटक लगायत सो क्षेत्रमा बसोबास गर्ने वासिन्दाले समेत सेवाबाट लाभान्वित हुनेछन् ।

दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सेवा सञ्चालन गरिएको छ ।

Comments

One response to “टेलिकमले गोसाइँकुण्डमा ल्यायो टूजी बीटीएस”

  1. shree ram adhikari Avatar
    shree ram adhikari

    जति लेखे जति डेलिकेशन गए पनि नटेर्ने रसुवाली नेपाल टेलिकमले रसुवालाई हेपेको छ , कालिका २ कालिका स्थान बिटियस को व्यक अप पावर सप्लार्य पनि छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *