माधव नेपालसँग चिढिएका झलनाथ भेट्न डल्लु पुगे वामदेव

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भेट्न वरिष्ठ नेता वामदेव गौतम पुगेका छन्। खनाल निवास डल्लुमा अहिले समसामयिक राजनीतिमा छलफल चलिरहेको खनाल सचिवालयले जनाएको छ। नेता गौतम हालै मात्रै नेकपा एस प्रवेश गरेका हुन्।

अध्यक्ष माधव नेपालसँग नेता खनालको वाक युद्ध चलिरहेको बेलामा नेता गौतमसँग भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। माधव-झलनाथबीच विवाद चर्किएपछि नेकपा एसले स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ। माधव झलनाथबीचको विवाद उत्कर्षमा पुगेर एक अर्कालाई पार्टी छाडेर जान समेत भनिसकेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *