धेरै अनुनयविनय गरेपछि मात्रै प्रधानमन्त्री ओलीलाई भारतले निम्ता गरेको देखिन्छ : अग्नि सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले केपी ओली नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय जगतमा साख गिराएको टिप्पणी गरेका छन्। एक कार्यक्रममा बोल्दै यो सरकार असफल भइसकेको जिकिर गरे।

उनले भने, ‘अहिले हाम्रो ध्यान सरकारतिर छैन। तर सरकार प्राविधिक रूपमा छ भन्ने छ। राजनीतिक र नैतिक वैधता गुमाइसकेको छ। जनताको मनमस्तिष्कबाट विस्थापित भइसकेको छ। यो सरकार राष्ट्रको कलङ्कको रूपमा स्थापित भएको छ। अन्तर्राष्ट्रिय जगतमा यसको साख गिरिसकेको छ।’

उनले प्रधानमन्त्री ओलीको तय भएको भारत भ्रमण पनि धेरै अनुनयविनय गरेर मात्रै भएको जिकिर गरे।

उनले थपे, ‘एउटा छिमेकीले धेरै अनुनय विनय गरेर भर्खरै निम्ता गरेको छ। दुई छिमेकीसँग पनि राम्रो सम्बन्ध छैन, अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा त यो सरकार गुमनाम छ। धेरै अनुनय विनय गरेर केके प्रतिबद्धता गरेर भएको होला जस्तो लाग्छ।’ उनले जनताको असन्तुष्टि विस्फोट हुनसक्ने भन्दै त्यतातिर ध्यान केन्द्रित हुनुपर्ने बताए।

Comments

One response to “धेरै अनुनयविनय गरेपछि मात्रै प्रधानमन्त्री ओलीलाई भारतले निम्ता गरेको देखिन्छ : अग्नि सापकोटा”

  1. ksp pyl Avatar
    ksp pyl

    इमान जमान बेचेकाहरूले ओलिलाई भन्ने ? तिमीहरू त दानापानी नै उतैको खान्छौ भन्ने छ ।जनताले एकदिन छानबिन गरेर कारवाही गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *