माधव-झलनाथबीच विवाद चर्किएपछि नेकपा एसले बोलायो स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीच विवाद चर्किएपछि पार्टीको बैठक बोलाइएको छ।

महासचिव घनश्याम भुसालका अनुसार पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाइएको छ। भदौ ४ गते स्थायी, ५ गते पोलिटब्युरो बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने उनले बताए। केन्द्रीय कमिटीको बैठक भने भदौ ८ गते मिराकल पार्टी भेनु सुकेधारामा बस्नेछ।

माधव झलनाथबीचको विवाद उत्कर्षमा पुगेर एक अर्कालाई पार्टी छाडेर जान समेत भनिसकेका छन्। अध्यक्ष नेपालसँगको विवाद चर्किएपछि आफूले सचिवालयमा पेस गरेको लिखित प्रस्तावमाथि छलफल गर्नको लागि नेता खनालले पार्टीको बैठक माग गर्दै आएका थिए।

Comments

One response to “माधव-झलनाथबीच विवाद चर्किएपछि नेकपा एसले बोलायो स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक”

  1. ksp pyl Avatar
    ksp pyl

    देशको जग्गा बेचेर खानेलाई अझै अध्यक्ष मान्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *