कैलाली । कैलाली कारागारमा बिहीबार राति कैदीबन्दीबीच भएको झडपको घटनापछि अहिले जिल्ला प्रशासन कार्यालयमा सुरक्षा समितिको छलफल भएको छ ।
प्रमुख जिल्ला अधिकारी गोगन हमालको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरू घटनास्थलमा पुगे पनि कैदीबन्दीहरुले ताला लगाएर भित्र पस्न नदिएपछि टोली कारागार प्रशासनसँग छलफल गरी जिल्ला प्रशासन कार्यालयमा फर्किएको छ ।
एक जनाको मृत्यु र ४७ जना घाइते हुनेगरि भएको झडप र त्यसपछिको अवस्थाबारे निर्णय गर्न समितिको बैठक बसेको हो ।


Leave a Reply