नारायणकाजी र घनश्यामबीच पार्टी एकतालगायतको विषयमा एक घण्टा छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पछिल्लो समय राजनीतिक भेटघाट बढाएका छन् ।

केही दिनअघि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई भेटेका श्रेष्ठको आज नेकपा एसका महासचिव घनश्याम भुसालसँग भेटवार्ता भएको छ ।

श्रेष्ठको हात्तीवनस्थित निवासमा करिब एक घण्टा चलेको भेटमा नेपालको वर्तमान राजनीतिक परिस्थिति र कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूको कार्यभारबारे गम्भीर छलफल भएको बताइएको छ ।

भेटमा दलहरूको वर्तमान अवस्था र भूमिका, एमाले-कांग्रेस गठबन्धन सरकारका गतिविधि, साथै कम्युनिष्ट आन्दोलनको रुपान्तरण र पुनर्गठनका विषयमा विचार-विमर्श भएको छ ।

यससँगै नेकपा (माओवादी केन्द्र) ले हालै पारित गरेको पार्टी एकताको प्रस्ताव र पार्टी एकताको औचित्य र सम्भावनाबारे पनि दुवै नेताबीच विस्तृत कुराकानी भएको निकट स्रोतले बतायो ।

विप्लवसँगको भेटमा पनि श्रेष्ठले कम्युनिष्ट आन्दोलनको दिशा र पार्टी एकताबारे छलफल गरेका थिए ।

Comments

One response to “नारायणकाजी र घनश्यामबीच पार्टी एकतालगायतको विषयमा एक घण्टा छलफल”

  1. ksp pyl Avatar
    ksp pyl

    दुबै काम नपाएका, पार्टीमा हैसियत नभएका हुन् । पार्टी जोडाउन पाए हैसियत पाईन्थ्यो कि भनेर हैसियतको खोजिमा हिडेका हुन् । तर यिनको भेटको केही अर्थ छैन । प्रचण्ड र माधव दुवै पार्टीको मुखिया हुन नपाएर र दक्षिणका चाटुकार भएर त पार्टी फुटाएका हुन् । यिनले भन्दैमा मिल्छन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *