संस्थापनपक्षीय भेलापछि बुद्धिमान तामाङले भने- गुट बैठक हाेइन, चिया खान बसेका हौं (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संस्थापनपक्षीय भेला सकिएको छ । भेलापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उपाध्यक्ष बुद्धिमान तामाङले यो गुट भेला नभएर चिया खाने मेलो मात्र भएको दावी गरे ।

उनले भने, ‘यो बैठक नै होइन । उपाध्यक्ष हेमजङ गुरुङले चिया खान बोलाउनु भएर साथीभाइ जम्मा भएका हौं । यो कुनै गुट भेला होइन ।’

संस्थापनइतर पक्षका नेताहरुलाई किन नबोलाइएको त ? भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिन सकेनन् ।

तामाङले भने, ‘त्यस्तो होइन । बोलाइयो कि बोलाइएन भनेर हामीले साध्ने कुरा भएन । हिजो उपाध्यक्षले चिया खान आउनु भन्नुभयो । पछि अध्यक्ष पनि आउनुहुन्छ भन्नुभयो । ठिक छ भनेँ ।’

अध्यक्षले विधान विपरित कारवाही गरिरहेको असन्तुष्ट पक्षको आरोपलाई उनले इन्कार गरे । ‘सबै मिलेर सभापतिलाई अल्पमतमा पारे भयो नि त ? उनीहरुले बहुमत बनाए भयो,’ तामाङले चुनौति दिए ।

असन्तुष्ट पक्ष बसेको वैठकलाई अन्यथा नलिएको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *