भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय, राष्ट्रिय समितिको बैठक आह्वान (भिडिओ)

काठमाडौं । नेपाल शिक्षक महासंघले राष्ट्रिय समितिको पूर्ण प्रत्यक्ष बैठक बोलाएको छ। आज बसेको महासंघको बैठकले भदौ ३ र ४ गते बस्ने गरी बैठक बोलाएको अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए।

उनका अनुसार सरकारले सहमति कार्यान्वयन नगरेको भदौको दोस्रो सातादेखि आन्दोलन गर्ने निर्णय पनि बैठकले गरेको छ।

उनले भने, ‘आन्दोलनको कार्यक्रम आन्दोलन परिचाल समितिले खाका तयार गर्छ। र राष्ट्रिय समितिले पारित गरेपछि दोस्रो साताको सुरुबाटै गर्नेगरी सार्वजनिक गर्छौँ।

 

उनले अहिले बाहिर चर्चामा रहेको विषयहरु भएको सहमति र शिक्षकहरुको पक्षमा आउने नदेखिएको पनि बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *