पेस्तोलसहित ३ जना भारतीय नागरिक पक्राउ

दाङ । सिरहाको प्रहरीले ३ जना भारतीय नागरिकलाई पेस्तोलसहित पक्राउ गरेको छ ।

जिप्रका सिरहाका डीएसपी वीरेन्द्र कुमार पासवानका अनुसार नरहा गाउँपालिका वडा नमवर ३ बाट भारतको मधुबनी घर भएका १९ वर्षीय ऋषि नाथ मण्डल, २० वर्षीय ओम शंकर यादव र १९ वर्षीय आकाश कुमार मण्डल पेस्तोलसहित आज पक्राउ परेका हुन् ।

उनीहरू तीनै जना एउटै भारतीय नम्बरको एउटै मोटरसाइकलमा नेपाल आएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *