शिक्षकको कार्यसम्पादन मूल्याङ्कन औसत ९० बाट ८० प्रतिशतमा झार्ने प्रस्ताव समितिबाट पारित

काठमाडौं । शिक्षकको कार्यसम्पादन मूल्याङ्कन औसतमा ९० प्रतिशतबाट ८० प्रतिशतमा पारित भएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘समिति परामर्श तथा समन्वय उपसमिति’ले पेश गरेको प्रस्ताव समितिको बिहीबारको बैठकबाट पारित भएको हो ।

विद्यालय शिक्षा विधेयक सम्बन्धी उपसमितिको प्रतिवेदनमा भएको व्यवस्थालाई परिमार्जन गर्दै ८० प्रतिशत बनाउन समितिका सभापति अम्मरबहादुर थापाले राखेको प्रस्ताव समितिले पारित गरेको हो ।

‘शिक्षकको कार्यसम्पादन मूल्याङ्कनको गणना गर्दा पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्याङ्कनमा औसतमा ९० प्रतिशत भनी विद्यालय शिक्षा विधेयक सम्बन्धी उपसमितिको प्रतिवेदनमा भएको व्यवस्थालाई परिमार्जन गरी असी प्रतिशत गर्ने,’ उपसमितिले समितिको बैठकमा राखेको प्रस्तावमा उल्लेख थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *