माओवादी नेताका छोराछोरी सार्वजनिक विद्यालय पढ्नुपर्ने, विदेश जान नपाउने निर्णय गर्छौं: प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका सबै नेताका छोराछोरी अब विदेश पढ्न जान नपाउने निर्णय गर्ने तयारी भइरहेको बताएका छन्।

अखिल क्रान्तिकारीले आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा बोल्दै आफ्नो छोराछोरी पनि विदेश पढ्न नगएको बताए।

प्रचण्डले भने, ‘अहिले पनि हामीले पार्टी केन्द्रका सबै नेताहरूले आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालय वा त्यस्ता कलेजमा पढाउने, विदेश नपठाउनेबारे हाम्रो छलफल भएर निर्णयतिर हामी गइरहेका छौं।’

उनले वश्वविद्यालयमा राजनीतिक भागबन्डा रोकेर मेरिटोक्रेसी आफूले स्थापित गरेको भएपनि कांग्रेस एमालेले अहिले भर्तीकेन्द्र बनाइएको पनि आरोप लगाए।

Comments

4 responses to “माओवादी नेताका छोराछोरी सार्वजनिक विद्यालय पढ्नुपर्ने, विदेश जान नपाउने निर्णय गर्छौं: प्रचण्ड (भिडिओ)”

  1. bharat kumar thapa Avatar
    bharat kumar thapa

    गफ मात्र हो कि हेरौं त्यसो हो भन ठिक छ

  2. bharat kumar thapa Avatar
    bharat kumar thapa

    गफ मात्र हो कि हेरौं त्यसो हो भने ठिक छ

  3. Nick Kashyap Avatar
    Nick Kashyap

    आफ्ना छोराछोरीलाइ बुर्जुवा शिक्षा किन दिनुपर्यो? त्यही प्रचण्डपथ पढाए पुगीहाल्छ नि, प्रगतिशिल शिक्षा पर्यो। नत्र बुर्जुवा शिक्षा भन्दै मास्टरलाइ कुट्ने मार्ने किताब जलाउने, बिश्वबिध्यालय जलाउने काम किन गरेको थिइस् पहिला? पाखण्डी!! अनि छोराछोरी बिदेश पठाउन अबदेखी मात्रै नपाइने हो की पहिला गइसकेकालाइ पनि फर्काएर ल्याओ भन्ने हो गफाडी? माओबादी नेताका छोराछोरी बिदेशमा ऐश आराम पूर्वक पिआर लिएर बसेको सबैलाइ थाहा छ।

  4. Raj Avatar
    Raj

    यो मान्छेको नैसर्गिक अधिकार माथिको हनन् हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *