काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पनि निर्वाचन आयोगले पठाएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ माथि विमति जनाएको छ।
महामन्त्री विश्वप्रकाश शर्माले व्यक्तिगत धारणा र संस्थागत दृष्टिकोण पनि स्वमूल्याङ्कन कार्यविधि मस्यौदाप्रति प्रस्ट विमति रहेको जनाएका हुन्।
उनले भनेका छन्, ‘राजनैतिक दललाई मुल्यांकन जनताले, निर्देशित संविधानले गर्ने हो १ निर्वाचन आयोगले तयार गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ को मस्यौदाप्रति प्रस्ट विमति छ। नमिल्ने विधिको बाटो बहादुर भवनमै टुंगियोस् १ जय नेपाल।’
आजै अर्को सत्तारुढ दल नेकपा एमालेले पनि स्वमूल्याङ्कन कार्यविधिमाथि असहमति जनाएको थियो। आयोगले आजसम्म सुझाव दिन भनी स्वमूल्याङ्कन कार्यविधि पठाएको थियो।
यही कार्यविधिको आपत्ति जनाउँदै हिजो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेबाहेक संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक राखेर यसको प्रतिवाद गर्ने निर्णय गराएका थिए।
बैठकले साना दल मास्ने षड्यन्त्रस्वरुप कांग्रेस एमालेको चाहनाअनुरूप कार्यविधि आएको निष्कर्ष निकालेको थियो। तर, आज कांग्रेस र एमालेले पनि कार्यविधिको विरोध जनाएका हुन्।

Leave a Reply