शिक्षक प्रधानाध्यापकमा नियुक्त भए शिक्षक महासंघको सदस्य स्वतः निष्क्रिय हुने

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा शिक्षक महासंघको सदस्य रहेको शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा स्वतः निष्क्रिय हुने भएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा परामर्श उपसमितिले सहमतिको आधारमा तयार गरेको प्रस्तावमा समितिको बिहीबार बसेको बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।

नेपाल शिक्षक महासंघको पदाधिकारीको हैसियतले पाउने काजको सम्बन्धमा भने विधेयकमा छुट्टै प्रस्ताव गरिएको छ । जसमा नेपाल शिक्षक महासंघको सदस्य रहेको शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा निजको सदस्यता निज प्रधानाध्यापक रहेसम्म स्वतः निस्कृय हुने र प्रधानाध्यापक रहँदासम्म महासंघको तर्फबाट कुनै गतिविधि गर्न नपाउने उल्लेख छ ।

नेपाल शिक्षक महासंघको सदस्य भएको कारणले त्यस्तो सदस्यले थप सेवा सुविधा प्राप्त गर्न र आफ्नो जिम्मेवारी वा दायित्व निर्वाह गर्नबाट कुनै किसिमको छुट नपाउने व्यवस्था पनि पारित भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *