काठमाडौं । न्याय परिषद्ले प्रशासकीय अदालतको अध्यक्षमा पूर्व नायब महान्यायाधिवत्ता टेकबहादुर घिमिरेलाई सिफारिस गरेको छ । बुधबार बसेको न्याय परिषद्को बैठकले घिमिरेलाई प्रशासकीय अदालतको अध्यक्षमा सिफारिस गर्ने निर्णय गरेको हो ।
नेपाल सरकारको न्याय सेवाको सरकारी वकिल समूहतर्फका बिशिष्ट श्रेणी अर्थात महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत पूर्व नायव महान्यायाधिवक्ता घिमिरे यहि साउन ४ गतेदेखि अनिवार्य अवकाशमा जाने भए पनि २ दिन अघि नै राजिनामा दिए पनि ४ गतेको मन्त्रिपरिषद् बैठकले राजिनामा स्वीकृत गरेको थियो ।

Leave a Reply