प्रचण्डले बोलाएको बैठकमा रामहरी खतिवडाको चर्चा

काठमाडौं । कुलिङ पिरियड छेडखानीमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा नैतिक जिम्मेवार भएपनि राजीनामा नदिएपछि विपक्षी दलहरू एकजुट हुने गृहकार्य गरेका छन् ।

प्रचण्ड राखेको संसदमा प्रतिनिधित्व गर्ने कांग्रेस-एमाले बाहेक दलहरूको बैठकमा यसबारे पनि कुरा उठेको रास्वपा नेता गणेश पराजुलीले बताए ।

उनले भने, ‘छानबिन समितिको निष्कर्षपछि कानुन त हस्ताक्षरकर्ता दोषी हुने भनेको छ। हस्ताक्षर गर्ने सभापतिले राजीनामा दिइराख्नुभएको छैन। उहाँ मात्रै होइन राजनीतिक नेतृत्वलाई पनि जिम्मेवारी बनाउनुपर्छ कि पर्दैन भन्ने कुरा दलले निर्णय गर्नुपर्ने पनि हुन्छ। त्यसैले उहाँले चलाउने समितिको बैठकमा प्रतिपक्ष एकैठाउँमा उभिने चर्चा चलेको छ।’

छानबिन समितिले दाेषी भनेर नाम किटान नगरेकाे भन्दै सभापति खतिवडाले राजीनामा नदिने अडान लिइरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *