काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको सिंहदबार बैठकले ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ को संयुक्त रुपमा प्रतिवाद गर्ने निष्कर्ष निकालेको छ ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले दुई ठूला पार्टी मात्रै रहने ल्याउन खोजिएको बताए ।
उक्त कार्यविधि सरकारमा रहेका दलहरू कांग्रेस र एमालेकै चाहनाअनुरूप ल्याउन लागिएको भन्दै आवश्यकताअनुसार संघर्ष र प्रतिवाद गर्ने कुरामा पनि दलहरूका बीचमा समझदारी बनेको बताए ।
उनले भने, ‘निर्वाचन आयोगले संविधान विपरित काम गर्दैछ, हामी लिखित रुपमा संयुक्त रुपमा प्रतिवाद गर्छौँ। दुई ठूला दलबाहेक अरु सबै निर्वाचन आयोगका कदमका विरुद्ध एकैठाउँमा आएका हौं।’ निर्वाचन आयोगको कदम कानून र न्यायसम्वत नभएको भन्दै विपक्षी दलहरु एकैठाउँमा आएको रास्वपाका नेता गणेश पराजुलीले बताए।

Leave a Reply