लोकप्रियतावादले समाज भड्काएर जनताका सपनाको डकैती गर्न खोज्दैछ : गोकुल बास्कोटा (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले लोकप्रियतावादले समाज भड्काएर जनताका सपनाको डकैती गर्न खोजिरहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै केही व्यक्तिहरूले अहिले समाजलाई भड्काउने काम गरिरहेको आरोप लगाए ।

बास्कोटाले भने, ‘केही असन्तुष्टिहरूमा टेकेर, तथ्यलाई भ्रमको पर्दाले छेकेर असन्तुष्टि, आरोप प्रत्यारोप, छटपटी आक्रोश देशको पछिल्लो बिम्ब भएको छ । यो व्यवस्थाले राजनीतिक दलको परिकल्पना गर्दछ । जहाँ लोकतन्त्र फल्ने र फुल्ने गर्छ । अहिले क्रान्ति र प्रगतिप्रतिको विश्वास धर्मराउँने र क्रमशः घृणावाद र लोकप्रियतावाद फस्टाउने र यसले चलाखीपूर्ण ढङ्गले जनताका सपनाहरूको चोरी गर्न खोजेको छ । डकैती गर्न खोजेको छ ।

दुई चार महिनायता शासन प्रणालीका कमजोरी, सरकारका कार्यशैली र काममा देखिएका ढिलासुस्तीले निराशाका आधारमा पुरानाहरूको काम छैन भन्ने नयाँ भाष्य सिर्जना खोजिएको बताए ।

सांसद बास्कोटाले हावाको तालमा कुद्ने बानी जनप्रतिनिधिमा पनि देखिएको भन्दै कानून बनाउने ठाउँमा भएकाहरुले कागको पछि दौडिन नहुने बताए । वहुविवाह सम्बन्धी कानून आउन लाग्यो भन्ने हल्लाको पछि लागिएको भन्दै उनले परिवारसँग सम्बन्धि अलग्गै कानून आवश्यक रहेको बताए । उनले वहुविवाह गर्नेलाई कुनै सार्वजनिक पदमा जान नसक्ने कानून बनाउन आफ्नो प्रस्ताव रहेको समेत बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *