‘व्याख्यात्मक टिप्पणी’को बखान गर्दै प्रचण्डले भने: एमसीसी जस्ताको तस्तै पारित हुन दिएनौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूकै अडानको कारणले एमसीसी जस्ताको तस्तै पारित हुन नदिएको बताएका छन्।

पार्टीका सचिव लीलामणि पोख्रेलद्वारा लिखित पुस्तक नेपालमा एमसीसी पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै माओवादीले धेरै पहल गरेर नै जस्ताको तस्तै पारित हुन नदिएको जिकिर गरे।

उनले भने, ‘अनुमोदनको कुरा चलिरहेको बेलामा हामीले जस्ताको तस्तै पारित हुन नदिनको लागि धेरै गर्‍यौँ। कांग्रेस हर हालतमा पारित गर्ने पक्षमा थियो, कुनै पनि संशोधन आवश्यक छैन भन्ने पक्षमा थियो। उहाँहरूबिच विमति पनि देखिँदैनथ्यो।

उनले नेकपा हुँदा पनि कार्यदल बनाएर अध्ययन गरेर यथास्थितिमा पारित हुन हुँदैन भनेर सुझाव दिएको समेत बताए। उनले एमसीसी रोक्नको लागि आफूहरूले एमालेलाई सरकारको नेतृत्व गर्न भनेको समेत दाबी गरे। एमसीसी पारित हुने बेलामा कांग्रेस र माओवादीको गठबन्धन सरकार थियो।

उनले भने, ‘हामीलाई जनभावना अनुसार बनाउन लागिरहेका थियौँ। तर अहिलेका प्रधानमन्त्रीले कमा र फुलिस्टप पनि चेन्ज गर्न आवश्यक छैन भन्नुभयो। जस्ताको तस्तै पारित हुन्छ भन्नुभयो।’

उनले अन्तिम समयमा कांग्रेस र एमालेले नै बहुमत पारित गर्ने भएपनि आफूहरूले व्याख्यात्मक टिप्पणी गर्न बाध्य पारेको बताए।

Comments

One response to “‘व्याख्यात्मक टिप्पणी’को बखान गर्दै प्रचण्डले भने: एमसीसी जस्ताको तस्तै पारित हुन दिएनौं”

  1. Nagendra Avatar
    Nagendra

    देखिएको र भएको कुरा देखि आएको कुरा यस्तो :
    बिसय बस्तु : MCC :
    माग गर्ने : प्रचण्ड !!
    ल्याउने र कसैलाई थाहै नदिई प्रोसेसमा लैजाने : प्रचण्ड र ग्यान बहादुर कार्की (कांग्रेश) !!
    त्येस्तो गम्भीर बिसयका हरेक पक्ष्य सबैले थाहा पाउनु पर्छ भनेर संसदमा लैजाने : ओली !!
    “छिटो छिटो लागु गर्न खोजिएको हो तर ओलीले संसदमा लगेर बभनडर गरे” : प्रचण्ड !!!
    MCC को बिरोध गर्दा नारा रोक्न लगाउने : प्रचण्ड !!!
    MCC खारेज गर भन्दै सडक फुटाउने : प्रचण्डका कार्यकर्ता !!
    कुनै बहस छलफल नगरी : संसदबाट विपक्षीको बिरोधका बीच पास गर्ने : प्रचण्ड, कांग्रेश, माकुने !!
    अनि अहिले यी बिचरा बबुराको अगाडी यस्तो कुरा !!!
    प्रचण्डका हरेक बोलि एउटा ठगको जस्ता !!
    हरेक प्रसङ्ग र सब्द झुटका फुनिंदा जस्ता !!
    हरेक बोलीको बट्ठ्याइ र तानतुन भाषा एउटा चतुरेको चतुर्याइं को बखान जस्तो !!
    मान्छेले अप्ठेरो अवस्थामा आफु भित्रको कमजोरी र दरको बिसय सम्झिन्छा र बक्छ : जस्तो मदन भण्डारीको अवसान अनि MCC : किन भने यी दुवै को जिम्मेवार प्रचण्ड हुन् !!!
    यस्तै स्वार्थ मिलाएर बोल्ने हाम्रा नेता : हामी के सिक्ने, कता जाने, कहाँ पुग्ने !!?? यो आरोप हैन, प्रचण्डका क्रियाकलाप सुरु देखि हेर्नेले देखेको र बुझ्नेले बुझेको कुरा हुन्न यी !! निस्कर्स : यस्ता राजनीतिक ठगबाट देशले चाहेको छ मुक्ति !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *