प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद मोदीले सरकारको आलोचना गरेपछि सभामुखले रोके (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले केपी ओली नेतृत्वको सरकार काण्डै काण्ड र भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको बोल्दै हाजिरी जवाफमा सबैभन्दा बढी सेटिङमा चल्ने सरकार कुन हो ? भन्दा पनि अहिलेको सरकार पर्ने बताए।

आकस्मिक समयमा सांसद मोदीले सरकारको आलोचना गरेपछि सभामुख देवराज घिमिरेले त्यो विषयहरू राख्न नमिल्ने बताए। उनले आकस्मिक समयमा राख्ने विषय भएको भन्दै थपे, ‘कुलिङ पिरियड, मन्त्रीहरूको आर्थिक काण्ड, भिजिट भिसालगायतको कुरा होस्।’

उनले यति भनेपछि सभामुखले यो नीतिगत विषय भएको भन्दै बस्न भने।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *