काठमाडौं । भारत सरकारको निमन्त्रणामा नेपालका विभिन्न प्रमुख राजनीतिक दलका युवा नेताहरुले भारतको भ्रमण गरेका छन् ।
अगस्ट ४ देखि १२ सम्मको लागि भएको भ्रमणमा भारतको उच्चस्तरीय नेताहरुसँग उनीहरुले भेटघाट गरेका छन् । भ्रमणअन्तर्गत दिल्ली, पुणे र मुम्बई गरी तीन प्रमुख भारतीय शहरहरुको भ्रमण तय गरिएको छ ।
यस भ्रमणका क्रममा भारत सरकारको नीति निर्माण तथा कार्यान्वयनमा अग्रणी संस्थाहरू, जस्तै नीति आयोग, भारतका विदेशमन्त्री एस. जयशंकर, तथा अन्य उच्चपदस्थ अधिकारीहरूसँग नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य, युवा नेतृत्वको भूमिका, र द्विपक्षीय साझेदारीको भावी दिशा जस्ता विषयमा अन्तरक्रिया र विचार–विमर्श हुने कार्यक्रम छ ।
यो भ्रमणले नेपाल–भारत सम्बन्धमा युवा नेतृत्वको सहभागिता तथा आपसी विश्वासको सुदृढीकरण गर्ने विश्वास लिइएको छ ।
भ्रमणमा नेकपा एमालेबाट सांसद भारती पाठक, अनेरास्ववियुका नीति तथा अनुसन्धान आयोगका अध्यक्ष प्रकाश बिष्ट, आनन्द सिंह छन् । त्यस्तै, कांग्रेसबाट राजीव ढुंगाना, प्रकाश रसाइली, माओवादीबाट सांसद मिन बहादुर शाही र लेखनाथ दाहाल छने भने रास्वपाबाट सांसद निशा डांगी, राजन गौतम रहेका छन् । त्यसैगरी, नेकपा (एस) का कनिस पटेल, जनमतका बाल गोपाल चौधरी र जसपाका ओम यादव रहेका छन् ।

Leave a Reply