पदभारसँगै बागमतीका स्वास्थ्यमन्त्री किरण थापाले अनलाइन एकीकृत व्यवस्थापन प्रणालीमार्फत गरे ३ निर्णय

हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले पदभार ग्रहणपछि अनलाइन एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमार्फत ३ वटा महत्त्वपूर्ण निर्णयहरु गरेका छन् । बागमती प्रदेशमा विद्युतीय स्वास्थ्य आपतकालीन प्रतिकार्य प्रणाली विकास गर्ने निर्णय गर्नुभएको हो ।

स्वास्थ्य सेवा प्रणालीलाई व्यवस्थित, छिटोछरितो र प्रभावकारी बनाउन तथा अस्पताल सेवामा सुधार ल्याउन मन्त्रालयले उक्त प्रणाली विकास गर्ने निर्णय गरेको हो। यो प्रणालीले स्वास्थ्य सेवा प्रवाहमा छिटो र छरितो हुने विश्वास मन्त्री थापाले गरे ।

यस्तै, स्वास्थ्य मन्त्रालय तथा मातहतका निकायहरूमा रहेका सवारी साधनहरूको व्यवस्थापन तथा समन्वय गर्न ‘जिपिएस’ प्रणाली जडान गर्ने निर्णयसमेत गरिएको छ । यस्तै, प्रदेशभर आयुर्वेद तथा बैकल्पिक चिकित्सालयहरुमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली लागू गर्ने पनि गरिएको छ ।

यी निर्णयहरु डिजिटल स्वास्थ्य क्षेत्र रूपान्तरणको महत्त्वपूर्ण कदम हुने मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले बताए ।

थापा २०८१ साउन ९ गते स्वास्थ्य मन्त्री नियुक्त भएको थिए भने मङ्गलबार मात्र गठन भएको इन्द्रबहादुर बानियाँ नेतृत्वको मन्त्री मण्डलमा पुनः स्वास्थ्यमन्त्री नियुक्त भएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *