काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कुलिङ पिरियडमा भएको छेडखानीलाई मानवीय त्रुटि नभई नियतवश गरिएको कमजोरी भएको दाबी गरेका छन्।
संसदीय छानबिन विशेष समितिका सदस्य समेत रहेका सापकोटाले कुलिङ पिरियडमा भएको छेडखानी गम्भीर त्रुटि भएको निष्कर्ष निकालेको बताए।
उनले भने, ‘राज्यव्यवस्था परामर्श समितिका कर्मचारी, विज्ञहरूसँग छलफल गर्दा पनि सभापति रामहरि खतिवडाको कार्यशैली रहस्यमय देखिन गएको छ। त्यसैले सभापतिले आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न नसकेको समितिको ठहर छ।’
उनले प्रथम दृष्टिमै हस्ताक्षर गरेका सभापति र सचिवले नैतिक जिम्मेवारी लिनुपर्ने बताए। समितिका सभापति र सचिवले जिम्मेवारी निर्वाह गर्न नसकेको ठहर गरिसकेपछि पदमा बस्ने नबस्ने अब उनीहरूको नैतिकमाथि प्रश्न उठ्ने बताए ।

Leave a Reply