काठमाडौं । राप्रपा सांसद एवं कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन गर्न गठित विशेष समिति सदस्य रोशन कार्कीले ठूला दलका कारण चाहेजस्तो प्रतिवेदन बन्न नसकेको बताएकी छन् ।
विशेष समितिले मंगलबार सभामुखलाई प्रतिवेदन बुझाएपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले ठूला दलका दम्भका कारण चाहेको जस्तो निष्कर्ष निकाल्न नसकिएको जिकिर गरिन् ।
उनले प्रतिवेदनमा नैतिकता भन्ने शव्द राख्ने बिषयमा सहमति जुट्न नै दुई दिन लागेको उल्लेख गरिन् । नैतिकता भन्ने शव्दसँग ठूला दल डराएपछि त्यसलाई राख्न समितिभित्रै माओवादी, रास्वपा र राप्रपाले ठूलो दबाब दिनुपरेको उनको भनाइ छ ।
कार्कीले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले कांग्रेस सभापति र कर्मचारीको दबाबले कुलिङ आफ पिरियड चलखेल गरेको पाइएको समेत बताइन् ।

Leave a Reply