हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारमा संलग्न हुने मन्त्रीहरूको नामावली टुंग्याउन अहिले बिहान १० बजे बैठक राखेको छ ।
बैठकले सरकारमा जाने मन्त्रीहरू र सरकारबाट फर्किने मन्त्रीहरूको सूची तयार पार्ने छ ।
‘सञ्चार माध्यमहरूमा आएजस्तो होइन, बैठक नै बसेको छैन, बैठक बसेर सबै टुंग्याउनेछु,’ एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले भने, ‘केही नामहरू सञ्चारमाध्यमले भनेजस्तो मिल्ला तर पार्टीले निर्णय गर्न बाँकी छ ।’
एमालेले प्रमुख सचेतक मधुसूदन पौडेलको नेतृत्वमा सरकारमा सहभागिता जनाउने तयारी गरेको छ ।
पुराना मन्त्रीहरू सबै दोहोरिन चाहन्छन् भने पार्टीमा सबै नयाँ मन्त्री बनाउने र पुराना पनि राख्नु पर्छ भन्ने मत बराबर छ ।
निर्णय गर्न संसदीय दलको बैठक डाकिएको छ र नेताहरू छलफलमै रहेको थपलियाले जानकारी दिए ।

Leave a Reply