रवीन्द्र र धवललाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेश उच्चद्वारा सदर

काठमाडौं । उच्च अदालत पाटनले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर राणालाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेश सदर गरेको छ ।

जिल्ला अदालत काठमाडौंले मिश्र र राणालाई ३–३ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो । त्यसविरुद्ध सरकारी पक्षमा उच्च अदालतमा पुनरावेदन गरेकोमा अदालतले आदेश सदर गरिदिएको हो ।

उच्चको आदेशपछि मिश्र र राणाले कारागारबाहिरै रहेर मुद्दा लड्न सक्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *