काठमाडौं । उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
अदालतका न्यायाधीशद्वय सुदर्शनद्व भट्ट र मुनेन्द्र प्रसाद अवस्थीले सोमबार यस्तो आदेश दिएका हुन् ।
बैंकिङ कसुरमा २५ लाख र राज्यविरुद्धको अपराधमा ३ लाख ५० हजार धरौटीमा छाेड्न आदेश भएकाे हाे । तीनकुने घटनासम्बन्धी मुद्दामा उनलाई साढे ३ लाख रुपैयाँ धराैटी मागिएकाे छ । प्रसाईंसँगै तीनकुने घटनामा पक्राउ परेका चार जनालाई पनि छाेड्ने आदेश न्यायाधीशद्वयले गरेका छन् ।
तीनकुने घटनामा पक्राउ परेका मध्ये ७ जना हिरासतमै थिए । उनीहरुमध्ये प्रसाईंसहित ४ जनाले उच्चमा पुनरावेदन गरेका हुन् । बाँकी ३ जनाको तर्फबाट पुनरावेदन भएको छैन ।


Leave a Reply