बागमतीमा चार विधेयक प्रमाणीकरण

हेटौँडा । बागमती प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले चार विधेयक प्रमाणीकरण गरेका छन् ।

प्रदेशसभाबाट पारित भई आएका प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

यस्तै, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नेपालको संविधान धारा २०१ को उपधारा ४ बमोजिम प्रमाणीकरण गरिएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *