राप्रपा संस्थापन इतरको बैठक सकियोः ‘गलत निर्णय’ उल्टाउने गरी कार्यसमिति बैठकमा प्रस्तुत हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संस्थापन इतर पक्षको बैठक सकिएको छ । हात्तिसारमा बसेको बैठकमा पार्टीका ७ पदाधिकारीहरुसहित ७० जना नेता सहभागी थिए ।

बैठकले राप्रपाको आगामी केन्द्रीय समिति वैठकमा कडा रूपमा प्रस्तुत हुने निर्णय गरेको सहभागी एक नेताले जानकारी दिए । अध्यक्ष लिङदेनले गरेका कारबाहीहरू पूर्वाग्रही र विधान विपरीत रहेको विषय पार्टी पंतिलाई बुझाउने तथा त्यसलाई उल्टाउने गरी केन्द्रीय समितिमा प्रस्तुत हुने बैठकको निष्कर्ण छ ।

राप्रपाको केन्द्रीय समिति बैठक भदौको दोस्रो साता बस्दैछ । राप्रपा अध्यक्ष लिङदेनले पार्टीमा एकलौटी गर्न खोजेको भन्दै संस्थापन इतर पक्षले संगठित प्रतिवाद गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *