पेरिसडाँडाबाट निस्किँदै प्रचण्डले भने- सबैखाले गुटबन्दी अन्त्य गर्ने सामूहिक संकल्प गर्‍यौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकतावद्ध रूपमा अघि बढ्ने सामूहिक प्रतिवद्धता गरेको बताएका छन् ।

स्थायी समितिको बैठक सकेर पेरिसडाँडाबाट निस्किँदै गर्दा उनले माओवादीलाई एकतावद्ध गर्ने चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गरेको बताए ।

दाहालले भने, ‘लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको निम्ति माओवादीलाई एकतावद्ध गर्ने चुनौती थियो । त्यो चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गर्‍यौं । सामूहिक प्रतिवद्धता गरेका छौं । सबैखाले गुटबन्दी समूहवद्धताको अन्त्य गर्ने संकल्प सामूहिक रूपमा गरेका छौं ।’

फेरि एकचोटि जनतामा गएर देशमा देखा परेका विसंगतिविरुद्ध आन्दोलन गर्ने निर्णय गरिएको उनले बताए ।

छोटो प्रतिक्रिया दिँदै उपमहासचिव शर्माले भने वैचारिक, राजनीतिक, सांगठानिक विधिका सबै एजेण्डामा उच्चस्तरमा गम्भिर छलफल भएर निष्कर्ष निकालिएको बताए । अरु कुरा प्रवक्ताबाटै सुन्न भन्दै उनी हिँडेका थिए ।

Comments

One response to “पेरिसडाँडाबाट निस्किँदै प्रचण्डले भने- सबैखाले गुटबन्दी अन्त्य गर्ने सामूहिक संकल्प गर्‍यौं”

  1. ksp pyl Avatar
    ksp pyl

    हावा कुरा गर्छ । अब जनार्दनले आगो बाल्नेवाला छन् । हेर्दै जाउ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *