चुनौतीको सामना गर्न आँट नगर्नेले जीवनमा गरेर खाँदैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जीवनबाट थाक्ने कुरा कहिल्यै पनि गर्न नहुने बताएका छन् ।

अनेरास्ववियूद्वारा आयोजित विद्यार्थी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै असम्भव भन्ने केही नभएको उनको भनाइ छ ।

नेपालले भने, ‘समस्या र चुनौतीहरू आउँछन्, घरका आफ्नो चुनौती हुन्छन् । विद्यार्थीहरूलाई आफ्नै चुनौती हुन्छन् । आत्मविश्वास हुनुपर्छ, जसमा आत्मविश्वास छैन । गरिछाड्छु भन्ने सङ्कल्प छैन भन् त्यसले यो धर्तीमा केही गर्न सक्दैन । गरिखाने मान्छेमा आत्मविश्वास हुनुपर्छ । सबै चुनौतीको सामना गर्ने आँट हुनुपर्छ । जस्तोसुकै अप्ठ्यारो आएपनि पार लगाइन्छ भन्ने सङ्कल्प हुनुपर्छ ।’

सगरमाथाको चुचुरोमा पुग्छु भन्ने आँट राख्ने मान्छे असफल कहिल्यै नहुने सुनाए ।

Comments

2 responses to “चुनौतीको सामना गर्न आँट नगर्नेले जीवनमा गरेर खाँदैन : माधव नेपाल”

  1. samir Avatar
    samir

    जग्गा दलाल अपराधी माकुने!😡

  2. Laleek Avatar
    Laleek

    हार्दिक बधाई तथा शुभकामना साथै पूर्ण सफलताको कामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *