रास्वपा र राप्रपालाई कांग्रेसको चेतावनी- ‘गोयबल्स शैली’ मा झूटो प्रचार नगर्नु, प्रतिवादमा उत्रिन नपरोस् (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले ७० दिनदेखि रास्वपा र राप्रपाले आफ्नो कुरा राखेर बैठक बहिस्कार गरेर हिँडेको भन्दै आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै दुई पार्टीले उठाएको विषयमा सरकार र संसद्को ध्यानाकर्षण भइसकेको बताए।

उनले भने, ‘कति दिनसम्म यो चल्ने हो ? संसदमा उभिएर सधैँ गाली गर्ने, भिजिट भिसाको नाममा मानव तस्करी गरियो भन्ने ? भिजिट भिसा भनेको मानव तस्करी हो ? भिजिट भिसामा बाहिर नजाने सांसद यहाँ को छ ? के भन्न खोजेको ? ‘गोयबल्स शैली’ मा झूटो कुरा प्रचार गरेर आज जनतालाई भ्रमित पार्ने र संसदलाई दुरुपयोग गर्ने काम बन्द हुनुपर्छ।’

उनले रास्वपा र राप्रपाको गतिविधिले संसद्को गरिमालाई कमजोर पारेको बताए। उनले दुई पार्टीको शैलीमा आपत्ति जनाउँदै गालीगलौजको प्रतिवादमा उत्रिने समेत चेतावनी दिए।

Comments

One response to “रास्वपा र राप्रपालाई कांग्रेसको चेतावनी- ‘गोयबल्स शैली’ मा झूटो प्रचार नगर्नु, प्रतिवादमा उत्रिन नपरोस् (भिडिओ)”

  1. samir Avatar
    samir

    कालो काङ्ग्रेस जस्तो भ्रष्ट र अपराधी कोहि छैन।
    सहकारीको सदस्य समेत नरहेका रबिलाई कालो काङ्ग्रेसको गगन थापाको योजनामा सहकारी ठगीको पूरक अभियोजन जबर्जस्ति हालेर थुनेको छ। थुक्क अपराधीहरु!

Leave a Reply

Your email address will not be published. Required fields are marked *