काठमाडौं । प्रतिनिधिसभाको बैठक अब साउन मसान्तसम्म ६ दिन बस्ने भएको छ।
सभामुख देवराज घिमिरेले राखेको कार्यव्यवस्था परामर्श समिति बैठकले साउन मसान्तसम्मको क्यालेन्डर तय गरेको हो।
कार्यव्यवस्था परामर्श समितिको बैठकअघि सभामुखले कानूनमन्त्री अजय चौरासियाको सहभागितामा ५ दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।
क्यालेन्डर अनुसार साउन १९, २०, २१, २७, २८ र २९ गते बैठक बस्नेछ।

Leave a Reply