सदन बस्नुअघि कानूनमन्त्रीसहित ५ दलका प्रमुख सचेतकसँग छलफलमा सभामुख

काठमाडौं । प्रतिनिधि सभाको बैठकअघि सभामुखले ५ दलका प्रमुख सचेतकहरूसँग छलफल थालेका छन्। संसद् भवन बानेश्वरमा केही बेरअघिबाट छलफल चलिरहेको छ।

छलफलमा उपसभामुख इन्दिरा रानामगर र कानुन मन्त्री अजय कुमार चौरसिया पनि सहभागी छन्।

बैठकमा यो महिनाको क्यालेन्डर तय गर्नुका साथै रास्वपा र राप्रपाले जारी राखेको सदन अवरोधबारे पनि छलफल हुने जनाइएको छ।

यो बैठक लगत्तै कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *