म्याकुरीको कमेडीमा पूर्वपत्नीको आपत्ति, बारम्बार आफूलाई जोडेको आरोप

काठमाडौँ । हाँस्यकलाकार पवन खतिवडा उर्फ ‘म्याकुरी’ की पूर्वपत्नी सुम्निमा खालिङ राईले टिभी रियालिटी शो कमेडी दरवारमा लगातार आफूप्रति लक्ष्यित गर्दै हास्यव्यंग्य गरिएकोप्रति असन्तुष्टि जनाएकी छन् । उनले एउटा भिडिओमा म्याकुरीको नाम नलिइकन आफ्नो असन्तुष्टि पोखेकी हुन् ।

हाल चर्चामा रहेको रियालिटी शो कमेडी दरवारका कलाकारहरुले म्याकुरीलाई आफ्नो प्रस्तुतिमा म्याकुरीलाई बुढी पीडित भन्दै उडाउने गरेका छन् । म्याकुरी स्वयम् पनि श्रीमतीसँगको झगडा र कुटाइ खाएको प्रसंगलाई आफ्नो कमेडीमा प्रयोग गरिहेका हुन्छन् । सुम्निमाले भने यस्तो कमेडीले आफूलाई असर गर्ने बताएकी छन् ।

एउटा भिडियोमा उनले भनेकी छिन्, ‘अहिले कमेडी एकदमै चलिरहेको छ । म सबैलाई इज्जत गर्छु । तर एकजना कमेडियन हुनुहुन्छ, म उहाँको नाम चाहिँ खुलाउदिन । उहाँले जहिले म बुढी पीडित, बुढीले मलाई कुटेर, बुढीले यसो गर्यो र उसो गर्यो भनेर हँसाउन खोज्नुहुन्छ । त्यो भन्दा बरु म क्यारेक्टरलेस हो र मैले केटी पट्याउन यतिसम्म क्यारेक्टरलेस काम गरेँ भन्दा हुन्छ । किन बुढीको नाम लिनु ? त्यो नाम जोड्नाले अर्कोलाई कति असर पर्छ ! यसबारे सोच्नुहोला ।’

सुम्निमाले भिडियोबाटै धेरै बुढीको नाम जोडेर कमेडी नगर्न र विगतको सम्बन्धलाई सामग्री बनाउनुको सट्टा आफ्नै प्रतिभा देखाएर दर्शक हसाउन सुझाव दिएकी छिन् । अन्यथा पवनले झैँ आफु पनि बुढा पीडित भिडियो बनाउन बाध्य हुने उनको चेतावनी छ ।

पवन र सुम्निमाले केही वर्ष प्रेम सम्बन्धमा रहेर २०७८ असोज २६ मा अन्तरजातीय विवाह गरेका थिए । विवाहअघि सुम्निमा ‘म्याकुरी’ को फ्यान थिइन् । सिक्किम निवासी सुम्निमा पनि मोडल तथा अभिनेत्री हुन् । उनले म्युजिक भिडियो तथा सर्ट मुभीहरुमा अभिनय गरेसकेकी छन् ।

प्रेम विवाह भएपनी यी दुईको विवाह लामो समय टिक्न सकेन । सम्बन्ध विच्छेदको समय यी दुईबीच ठूलै हँगामा भएको थियो । उनीहरुबीच भएको कुटपिटको समाचारले लामो समय मिडिया ततायो । यही कुरालाई म्याकुरीले आफ्नो स्ट्यान्ड अप कमेडीमा प्रयोग गर्दै आइरहेका छन् ।

 

Comments

2 responses to “म्याकुरीको कमेडीमा पूर्वपत्नीको आपत्ति, बारम्बार आफूलाई जोडेको आरोप”

  1. हलुवाकाका Avatar
    हलुवाकाका

    भकै कुरा हो । फेरी नाम लिएको पनि त छैन । लाज नभएकी आईमाई ।

  2. Nick Kashyap Avatar
    Nick Kashyap

    पिडालाइ त व्यंगमा जोड्ने हो नि!! यसमा केही नराम्रो छैन। नेपाल धेरै बूढी पिडीत छन् वा बूढा पिडीत पनि छन्। उनिहरूको पिडालाइ मल्हम लगाउन त्यस घटनालाइ व्यंगमा जोड्नै पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *