विराटनगर । कोशी प्रदेशमा ९४.७९ प्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच पुगेको छ । खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश सरकारको स्थापना भएपछि खानेपानीको पहुँच बढेको जनाएको छ ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५/७६ भन्दा अगाडि ९० प्रतिशत रहेको आधारभूत खानेपानीको पहुँच आर्थिक वर्ष २०८०/८१ सम्म आइपुग्दा ९४.७९ प्रतिशत पुगेको हो । आधारभुत खानेपानीको पहुच बढेपनि सुरक्षित खानेपानीमा पहुँच भने न्यून समुदायमा मात्रै पुगेको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङकमा उल्लेख छ ।
मन्त्रालयका अनुसार कोशी प्रदेशमा ३४.७ प्रतिशत जनसंख्यामा मात्र सुरक्षित खानेपानीको पहुच रहेको छ । खानेपानी सिचाई तथा उर्जा मन्त्री एकराज कार्कीले प्रदेश सरकार बनेपछि सुरक्षित खानेपानीको पहुँच बढेको बताए ।
उनले ओभरहेड ट्याङ्की बनाएर फिल्टर सिस्टम जडान भएको खानेपानीको पहुँच बढेको बताए। उनले भने,’ हामी आउँदा सुरक्षित खानेपानीको पहुँच १९ प्रतिशतमा थियो अहिले ३५ प्रतिशतमा पुग्न लागेको छ ।’
उनका अनुसार प्रदेशमा १४९१ वटा खानेपानीका आयोजना सन्चालनमा रहेका छन । मन्त्री कार्कीका अनुसार प्रदेश सरकारले एक घर एक धारा कार्यक्रम अन्तरगत ३९ वटा योजना र लिफ्टिङ खानेपानी कार्यक्रम समेत सन्चालनमा रहेको बताए । उनका अनुसार प्रदेशमा खानेपानीको पहुँच विस्तारका लागि हाल १३ वटा खानेपानी डिभिजन कार्यालय, १३ वटा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय र २ वटा सिँचाइ व्यवस्थापन कार्यालयहरू कार्यरत छन्
सिँचाइ सुविधामा वृद्धि
कोशी प्रदेश सरकार स्थापना भएपछि ३४ हजार ४ सय ४८ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ । प्रदेशमा सिँचाई सुबिधा बढाउन १५ सय४९ वटा आयोजनाहरु सन्चालनमा रहेको मन्त्री कार्कीले बताए ।
प्रदेश सरकार स्थापना भएपछि १३ वटा डिप ट्युबवेल, २७१ वटा पावर ड्रिल ट्युबवेल र ८,७९१ वटा स्यालो ट्युबवेल जडान गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार प्रदेशको कुल सिञ्चाइ योग्य जमिनको ६०.३ प्रतिशत मा सिन्चाई सुबिधा पुगेको छ । प्रदेशमा ३७ दसमलव ३ प्रतिसत कृषी योग्य जमिनमा बर्षैभरी सिचाई सुबिधा रहेको छ ।
प्रदेशभर सिँचाइको कुल क्षेत्रफल ३ लाख ५० हजार ८० हेक्टर राहेकोमा हालसम्म २ लाख १८ हजार २५ दशमलव ८ हेक्टर भूमिमा सिँचाइ सुविधा पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ४९८.५४ किलोमिटर नयाँ तटबन्ध निर्माण गरिएको छ ।

Leave a Reply