एकचोटि नयाँ विद्रोह गरेर प्रतिक्रियावादीलाई परास्त गर्ने तयारीमा छु : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकपटक फेरि विद्रोहको आवश्यकता भएको र आफूले त्यसको तयारी गरिरहेको बताएका छन् ।

‘बोत्ले हत्याकाण्ड’ दोलखाको स्मृति सभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धदेखि अहिलेसम्म आफू नेतृत्वमा रहेको हैसियतले एकपटक फेरि नयाँ क्रान्तिको तयारी गरेको बताए ।

प्रचण्डले भने- एकचोटि फेरि क्रान्ति आवश्यक छ । एकचोटि नयाँ विद्रोहबाट प्रतिक्रियावादीलाई परास्त गर्नुपर्छ, मेरो प्रतिबद्धता पनि यही नै हो र यसको तयारी पनि गरिरहेको छु । चाँडै हामी मध्यपहाडी यात्रामा निस्किन्छौं, शहीद परिवारका घरमा गएर खाइरहेका छौं, उनीहरूको दुःख सुख बुझ्ने काम पनि गरेका छौं र हाम्रो वर्गसँग जोडिदैछौं ।

अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएको बेला पछिल्लोपटक जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गरेर बिदा दिने निर्णय गरेको तर अदालतबाट रोकिएको बताए ।

२०५९ साल साउन १८ गते दोलखाको साबिक काटाकुटी गाविस वडा नम्बर १ बोत्ले भन्ने ठाउँमा सुरक्षा फौजको कारबाहीमा परी १५ जना माओवादी कार्यकर्ताको हत्या भएको दिनलाई सो पार्टीले बोत्ले हत्याकाण्डका रूपमा स्मरण गर्ने गरेको पूर्वमन्त्री विशाल खड्काले बताए ।

Comments

3 responses to “एकचोटि नयाँ विद्रोह गरेर प्रतिक्रियावादीलाई परास्त गर्ने तयारीमा छु : प्रचण्ड (भिडिओ)”

  1. Bishwa Avatar
    Bishwa

    त्यसपछि शून्य मा पुग्ने गरि धसिने पनि पक्का छ ।

  2. Nick Kashyap Avatar
    Nick Kashyap

    त्यसै भन् मार्क्सबादी पाखण्डी, तेरे हैसियत मुसोलिनीकै बनाइदिन्छम् जनताले।

  3. manaia thompson Avatar
    manaia thompson

    यो ज्यानमारा कति बर्बराउन सक्दो रहेछ|पागल|रक्त पिच्जास हो यो|मोदीको नाजायज छाउरो|मरने बेलामा हरियो काक्रो|

Leave a Reply

Your email address will not be published. Required fields are marked *