बझाङका रवीन्द्र ढाट बने एमएफएन च्याम्पियन बन्ने पहिलो नेपाली खेलाडी

काठमाडौं । भारतका चोंगरेंग कोरेनलाई हराउँदै नेपालका रविन्द्र ढाट म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बनेका छन् ।

गएराती भारतको नोएडामा भएको खेलमा कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै रवीन्द्र च्याम्पियन बनेका हुन् ।

आफ्नो व्यावसायिक रेकर्ड ८-१ मा सुधार गर्दै रवीन्द्रले कोरेनको पाँच-लडाईको जितको श्रृंखलालाई भंग गरिदिए ।

रवीन्द्र उक्त उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेका छन् । उनी बझाङका हुन् ।

Comments

One response to “बझाङका रवीन्द्र ढाट बने एमएफएन च्याम्पियन बन्ने पहिलो नेपाली खेलाडी”

  1. bharat kumar thapa Avatar
    bharat kumar thapa

    बधाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *