नवीन सोच, जाँगर र जिम्मेवार युवाको अभावमा देशले गन्तव्य निर्धारण, मार्गचित्र र असरदार कार्य योजना पस्किन सक्दैन । त्यसमा पनि अनेक युद्ध, आन्दोलनमा सहभागी हुने योगदान गरेको महान् युग पुरुष र शहीदको समर्पण र त्यागसँग सौदाबाजीमा अलमलिएको पुरातन नेतृत्वको ‘क, ख, ग’ नीतिको परिवर्तन नितान्त आवश्यक छ ।
समर्पण, त्याग र बलिदानबाट प्राप्त उपलब्धि र नेतृत्व अभिभारा नयाँ पुस्ताले लिनुपर्छ । किनकि, नयाँ पुस्ता कुनै समयको ‘बन्धक पुस्ता’ वास्तविक जिम्मेवार पुस्ता हुन्छ ।
परिवर्तनको संवर्द्धन र पुस्तान्तरण समयसापेक्ष, आवधिक र सुहाउँदो माटो अनुकूल हुन जरुरी हुन्छ । एक पुस्ताले कर्तव्य र अग्रगामी पुस्ताले त्यसको अङ्गीकार नगर्ने हो भने वा भनौँ पुराना पुस्ताको अग्रगामी पुस्ताले लक्ष्य तर्जुमा, दायित्वबोध र यसको निरन्तरताको अभिभारा अङ्गीकार वा स्वीकार नगर्ने हो भने विकासका सपना यथास्थिति, गफ र दिवा सपनामै निहित रहन्छ ।
कुनै समयपछि अकर्मण्यता, असफलता, अयोग्यता साबित हुँदै पश्चगामी नैराश्यताको जगमा जाँगर, सोचसमेत बन्धक र लाचार हुन्छ ।
आज देश यस्तै अवस्थामा छ । देशको आन्तरिक भन्दा पनि बाह्य रणनीतिक दाउपेच हाबी भएको छ । नेपाल र नेपालीको असफलता, योग्यता, क्षमता, कार्यकुशलता र समझको स्तरीयतामाथि प्रश्न उब्जिएको छ । नेता र नेतृत्वको सवाल मात्रै होइन, क्रियाशील युवापुस्ता नै बन्धक पारिएको छ ।
भय र मर्यादाको डरले बौद्धिक वर्गको स्वतन्त्र, सत्य विचार स्तब्ध हुनुले देशले अलमल अकर्मण्यता र असफल एवं अराजकता मौलाएको यथार्थ हो । ढिलाइ भए पनि स्वीकार्दा देशको हितमै हुन्छ ।
राज्य व्यवस्था नेता र नेतृत्व मातहत समग्र षड्यन्त्रको प्रतिरक्षा र राज्यको विकासप्रतिको साझा अवधारणा र प्रतिबद्धता जिम्मेवार सीमित व्यक्ति, खास समूहको स्वार्थ र पक्षपोषणमा सीमित रह्यो नेपाली राज्य व्यवस्था र प्रणाली ।
नयाँ र क्रियाशील युवा पुस्ता विगत तीन दशकदेखि बन्धक र शिथिल भए । देशलाई ठूलो मात्राको उत्प्रेरणा र उच्च मात्राको चार्ज आवश्यक छ । आर्थिक मन्दी, कोरोना, भूकम्प, नाकाबन्दी, उच्च ब्याजदर, न्यून कर्जा माग, अराजक आर्थिक गतिविधि, आय र कारोबारको गिरावट, बढ्दो बाह्य कर्जा भार, डरलाग्दो ब्याज भार र खराब कर्जाले अर्थतन्त्र शिथिल छ ।
यसको समाधान कसरी भन्नेमा बहस केन्द्रित हुनुपर्छ । लुटतन्त्रको पराकाष्ठा नाघेको छ । दलीय दोहनको नीति र शक्ति विभाजन जनतामाथि दमन र दुष्चक्रको भण्डाफोर गर्दै स्वतन्त्र अभियन्ताको जाँगरबाट जन्मिएको हो, नेपाली युवाको साझा, स्वतन्त्र अभियान ।
अब उप्रान्त जनतामा हुने क्रिया-प्रतिक्रियाबाट युवा बन्धकीकरणको अन्त्य हुनुपर्छ । युवा जमात थप चुनौती, निर्णय र सामर्थ्यको परीक्षण गर्दै अघि बढ्नुपर्छ । चलायमान राज्य व्यवस्था युवाको सक्रियता र निष्क्रियतामा निर्भर हुनेछ ।
नेपाली जनताको चाहना लोककल्याणकारी पूर्ण लोकतन्त्र र जबाफदेही शासन प्रणाली हो । तर, कहिले संवैधानिक प्रजातन्त्रको नाममा, त कहिले वैचारिक आयातित मनोवादमा विभाजित दलीय सिन्डिकेटको नाममा जनताको सार्वभौमसत्ता नेताको गठ जोडसँग साटिएको छ । एकीकृत नेपाली जनताको गणतन्त्र भन्ने मान्यताले उब्जाएको अनुत्तरित प्रश्नको समाधान खोज्नु जरुरी छ ।
सर्व शक्तिशाली सार्वभौम दल कि नागरिक ?
नागरिक सर्वोच्चता कि दलीय सर्वोच्चता ?
नागरिक स्वतन्त्र कि दलीय सार्वभौमिकता ?
चुनावका नाममा लाचार नेपाली जनता पटक-पटक धोका खान किन बाध्य छन् ? सत्ता प्राप्तिका लागि राजनीति व्यापार र पेसा यसको लागि चुनाव एक संयन्त्र मात्र किन बन्यो ? यी अनुत्तरित प्रश्नका बीचबाटै स्वतन्त्र आवधिक नागरिक सर्वोच्चतासहितको पूर्ण लोकतन्त्र स्थापनका लागि वैकल्पिक स्वतन्त्र सरकार र व्यवस्था निर्माण आजको आवश्यकता हो । संविधानप्रतिको अपनत्व र सम्मान हो । पुरातन विभाजित वैचारिक सिन्डिकेट र राजनीतिको अन्त्य र समग्रतामा एकता, नेपाली माटो सुहाउँदो राजनीतिक अभ्यास र संस्कारका लागि अग्रगामी नेतृत्व आजको विचार र समाधान हो ।
कुनै कालखण्डको आयातित विचार, तथ्यहीन, भ्रममा आधारित विचार, व्यक्तिगत अहम् र हठको विचार, फुटाऊ-गिराऊ र रमाऊको राजनीति र व्यवस्थाको अन्त्य आजको आवश्यकता हो । केबल बनाऊको राजनीतिक दृष्टिकोणबाट प्रेरित हुन आवश्यक छ ।
बहुविचार, बहुसुझाव हाम्रोजस्तो उर्वर भूमिमा आवश्यकता र पहिचान, समय सीमा निर्धारणसम्म ठीकै हो, तर वर्तमानमा धेरै विचार हैन, योजना निर्माण र कार्य प्रारम्भका लागि कौशल दीर्घकालीन दृष्टि, देशी–विदेशी अनुभवबाट नवीन निर्माणको थालनी केवल युवा पुस्ताले मात्र गर्न सक्छ ।
जनआन्दोलनपश्चात् पनि ३५-४० वर्षदेखि बन्धक छन्, वास्तविक युवा, जो न कुनै हतियारधारी योद्धा हुन् । न नेतृत्वको समीप र दर्शन अभिलाषी, न जेलधारी अभियन्ता, न पुरातन राजनीतिक माफिया । त्यस कारण यो सामर्थ्य केवल बन्धक युवा पुस्ताको दायित्व हो ।
पुरातन वादी आवश्यकता परिस्थिति र यथार्थ निहित वैचारिक मानसिकता, राजनीतिक शैली र दर्शन २१ औँ शताब्दीको औचित्य, नवीन परिस्थिति र समयको माग अनुकूल हुनै सक्दैन । केबल आफू र आफ्नो विचार ठीक छ भन्ने भ्रम हो, शक्तिको क्षय र काबुभन्दा बाहिरको परिस्थितिको आँकलन र संवर्द्धन उत्तराधिकारी पुस्ता र उमेरमा भर पर्छ ।
कुनै समयपछि अकर्मण्यता, असफलता, अयोग्यता साबित हुँदै पश्चगामी नैराश्यताको जगमा जाँगर, सोचसमेत बन्धक र लाचार हुन्छ ।
देशलाई ४० वर्षदेखि परिवर्तनको महत्त्वाकाङ्क्षी आशमा बन्धक र निरर्थक बनाइयो । जनताका केही तप्का, जसले हरेक परिस्थितिको साक्षी रहनुपर्यो । उसको जिम्मेवारी युद्धभूमिको योद्धा र शहीदको आकांक्षा सार्थक बनाउने चिन्तन, अभिभारा र दायित्व बोकेको हुन्छ । त्यो पुस्ताको निष्क्रियता र रचनात्मक विकासको सहभागितामा रुचि नहुनु ।
भय र मर्यादाको डरले बौद्धिक वर्गको स्वतन्त्र, सत्य विचार स्तब्ध हुनुले देशले अलमल अकर्मण्यता र असफल एवं अराजकता मौलाएको यथार्थ हो । ढिलाइ भए पनि स्वीकार्दा देशको हितमै हुन्छ । ‘मैले गणतन्त्र ल्याएँ’, ‘मेरै सपना ठीक’, ‘मैले नै गर्नुपर्छ’ भन्ने सपना बाँकी छ भने सारा देशले सोच्नु छ कि बन्धक युवा पुस्ताको पीडा, दायित्व र अभिभारा मारिसके ? युद्ध लड्ने सिपाहीले देश बनाउने जिम्मा लिने कि परिवर्तनको रक्षा गर्ने ? लडाकु योद्धाले पक्कै पनि देश कसरी बन्छ ? विकास कसरी हुन्छ ? भने सपना, ज्ञान र अनुभव उनेन होला ?
केबल दलीय भागबन्डाको राजनीति अन्त्य, राज्य व्यवस्था निष्पक्ष नियुक्तिका लागि स्वतन्त्र, स्वायत्त निकाय र हरेक निकायमा जनलोकपाल निर्माण गर्दै नागरिक सर्वोच्चता कायम गरी प्रणालीगत राज्य व्यवस्था, मानवीयता र राष्ट्र धर्म रक्षाका निम्ति कठोर हुनु जरुरी छ ।

Leave a Reply