चितवनको लोथरमा पेट्रोलियम पदार्थको भण्डारणस्थल बनाउन सुरु

चितवन । पेट्रोलियम पदार्थको भण्डारणस्थल बनाउन चितवनको लोथर खोला आडमा जग्गा किनेको आठ वर्षपछि नेपाल आयल निगमले काम सुरु गरेको छ ।

अमलेखगञ्जदेखि लोथरसम्म पाइपलाइनसहितको पेट्रोलियम भण्डारगृह बनाउने परियोजनाको फिल्ड कार्यालयको शुक्रबार उद्घाटन भएको छ । अबको ५४ महिनाभित्र पाइप लाइनसहित भण्डारणस्थलको काम सकिने परियोजनाका प्रमुख प्रदिप कुमार यादवले बताए । परियोजनाको अबधी ५४ महिना भए पनि तीन वर्षभित्रै सकिने लक्ष्य लिएको उनले बताए ।

आयल निगमले २०७३ सालको फागुनबाट त्यहाँ जग्गा किन्न सुरु गरेको थियो । निगमको नाममा लोथरमा २३ बिघा १२ कट्ठा जग्गा रहेको छ । निगमले कूल १४ अर्ब नौ करोड ६० लाख रुपैयाँको लागतमा पाइपलाइन र भण्डारस्थल बनाउन लागेको परियोजना प्रमुख यादवले बताए ।

अमलेखगञ्जदेखि लोथरसम्म पाइपलाइनको दूरी ६२ किलो मिटर रहने उनले बताए । पाइपलाइन तयार भएपछि मोतिहारीबाटै लोथरमा पनि पेट्रोलियम पदार्थ पठाइने बताइएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको हो ।

 

Comments

One response to “चितवनको लोथरमा पेट्रोलियम पदार्थको भण्डारणस्थल बनाउन सुरु”

  1. Laleek Avatar
    Laleek

    ओ ! अव नेपालका सवारी साधन ईभिमा जाँदैछ, समयको माग र आवश्यकताको आधारलाई दृष्टिगत गरी पुन: विचार गरोस् आयल निगमले !

Leave a Reply

Your email address will not be published. Required fields are marked *