काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव र माओवादीका नेता सुदन किराँतीबीच भेटवार्ता भएको छ।
नेकपा माओवादी केन्द्रमा अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच अन्तरसंघर्ष चलिरहेको बेलामा किराँतीले विप्लवसँग भेट गरेको हुन्।
शर्मा निकट मानिएका नेता किराँतीले भेटमा समसामयिक विषयमा छलफल भएको बताएका छन्।
भेटबारे जानकारी दिँदै फेसबुकमा लेखेका छन्, ‘साथै यो भेटको सम्झना स्वरूप आँखीझ्यालको फ्रेममा महान् जनयुद्धको प्रथम सहिद क।दिल बहादुर रम्तेलको फोटो प्रदान गरेँ ।’
माओवादी र विप्लव नेतृत्वको नेकपाबीच पार्टी एकता गर्ने भनिएपनि अहिलेसम्म सहमति हुन सकेको छैन। विप्लवले पछिल्लो समय माओवादीका दोस्रो तहका नेताहरूसँग भेटलाई तीव्रता दिएका छन्।
यसअघि उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनलाई बेग्लाबेग्लै भेटेका थिए।

Leave a Reply